काठमाडौँ, ३१ असार । विद्यार्थीहरूको एक समूहले बुधबार बिहान सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि प्रदर्शन गर्दै सरकारविरुद्ध नाराबाजी गरेको छ ।
अनेरास्ववियुका नेता दीपक धामीको नेतृत्वमा भएको प्रदर्शनमा सहभागी विद्यार्थीहरूले राज्यले दमन र आतंक मच्चाएको आरोप लगाउँदै विरोध जनाएका हुन् ।
प्रदर्शनकारीहरूले विभिन्न माग र विरोधका सन्देश लेखिएका प्लेकार्ड बोकेर राज्य आतंक बन्द गर लगायतका नारासहित सरकारको ध्यानाकर्षण गराएका थिए ।
सिंहदरबार अगाडिको प्रदर्शनका क्रममा केही समय सुरक्षा सतर्कता बढाइएको थियो ।














