काठमाडौँ, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा-का नेता मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा सवारीसाधन राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।
राज्यको दायित्व नागरिकको सुरक्षा र चिन्ता सम्बोधन गर्नु भएको उल्लेख गर्दै उनले राज्य आफैँ नागरिकलाई थप त्रसित बनाउने कार्यमा संलग्न हुन नहुने धारणा राखेका छन् ।
सरकारलाई लक्षित गर्दै झाले यस्तो शैलीलाई बचपनाको संज्ञा दिएका छन् । उनले प्रश्न गरेका छन्, यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजीले सहादत दिएको हो ? यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य-मान्यता कमजोर बनाउने भन्दै उनले यसप्रति आफ्नो घोर आपत्ति रहेको बताएका छन् ।














