काठमाडौं, ३० असार । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि बिहीबार पेसी तोकेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मुद्दामा सुनुवाइ गर्दै अहिराजलाई दोषी ठहर गरेको हो । अब अदालतले बिहीबार हुने सुनुवाइमार्फत उनीमाथि हुने कैद र जरिबानाको अन्तिम सजाय निर्धारण गर्नेछ ।
यसअघि २०८२ साल साउनमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसयता उनी थुनामै रही मुद्दाको सुनुवाइ भइरहेको थियो ।















