KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझीलाई ४ वर्ष, खाणलाई २ वर्ष कैद

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझीलाई ४ वर्ष, खाणलाई २ वर्ष कैद

काठमाडौं, ३० असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका पूर्वउपप्रधान तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौंले क्रमशः ४ वर्ष र २ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो । अदालतले रायमाझीलाई ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तोकेको छ ।

सोही कसुरमा थप ६ महिनाको कैद सजायसमेत निर्धारण गरिएको छ । सबै सजायलाई एकीकृत गर्दै उनलाई अन्तिम रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना हुने फैसला भएको हो ।

यस्तै, पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ठगी कसुरमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिबाना तोकिएको छ ।

सोही कसुरमा थप ३ महिनाको कैद सजायसमेत निर्धारण गरिएको भए पनि एकीकृत सजायअनुसार उनले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना८८ भोग्नुपर्ने अदालतको फैसला छ ।

यसअघि असार २४ गते अदालतले उक्त प्रकरणमा फैसला सुनाउँदै १६ जनालाई दोषी र ७ जनालाई निर्दोष ठहर गरेको थियो । दोषी ठहर हुनेमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, गोविन्दकुमार चौधरी -विक्रम- आङटावा शेर्पा, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झा रहेका छन् ।

त्यसैगरी, रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले भने अदालतबाट सफाइ पाएका छन् ।

Facebook Comment

Related Posts

जग्गा व्यवस्थापनदेखि शैक्षिक सुधारसम्म सरकार गम्भीर : मन्त्री पोखरेल

जग्गा व्यवस्थापनदेखि शैक्षिक सुधारसम्म सरकार गम्भीर : मन्त्री पोखरेल

चरित्रहत्या गरेको आरोपमा अशोक दर्जी प्रहरीमा

चरित्रहत्या गरेको आरोपमा अशोक दर्जी प्रहरीमा

सुनसरीको देवानगञ्जमा अवस्था तनावपूर्ण, सेना परिचालन

सुनसरीको देवानगञ्जमा अवस्था तनावपूर्ण, सेना परिचालन

कैलालीमा आत्मदाह प्रयास गर्ने ज्योति चौधरीको बाटोमै मृत्यु

कैलालीमा आत्मदाह प्रयास गर्ने ज्योति चौधरीको बाटोमै मृत्यु

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar