काठमाडौं, ३० असार । रास्वपा सांसद रिमा विश्वकर्माले सरकारले विकासका काममा गति बढाउँदा पनि संयमता र संवेदनशीलता अपनाउनुपर्ने बताएकी छन् ।
प्रतिनिधिसभामा बोल्दै उनले ट्रक साहित्य उद्धृत गर्दै, हतार गरे भन्न सकिन्नँ, विस्तारै गए अवश्य पुगिन्छ भन्ने सन्देशमार्फत सरकारलाई सचेत गराइन् ।
उनले सुशासनसँगै नागरिकको मानसिक स्वास्थ्यलाई पनि सरकारी प्राथमिकतामा राख्न र राजनीतिक दायित्वसँगै सामाजिक तथा नैतिक जिम्मेवारीसमेत पूरा गर्न सरकारसँग आग्रह गरिन् ।














