काठमाडौं, ३० असार । रास्वपा सांसद अमरेशकुमार सिंहले देश संकटमा रहेको र जनतामा बढ्दो निराशा देखिएकाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दल राष्ट्रिय मुद्दामा एकजुट हुनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घोचपेचको राजनीति नगरी लोकतन्त्र र राज्यको संरक्षणलाई प्राथमिकता दिन आग्रह गरे।
राज्य र जनता सुरक्षित रहे मात्रै राजनीति सम्भव हुने उल्लेख गर्दै उनले निराशा फैलाउने भाष्य निर्माण नगर्न चेतावनी दिए ।
साथै, उनले यसै साता आत्मदाह प्रयासपछि ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे ।














