जनकपुर, ३० असार । जनकपुरबाट पैदल न्याय मार्च गर्दै काठमाडौंतर्फ हिँडेका मिटरब्याज पीडितसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटवार्ता गरेका छन् ।
गृहमन्त्री भेट्न आउने जानकारी पाएपछि पीडितहरू निजगढमै रोकिएका थिए ।
उद्योग वाणिज्य संघ निजगढको सभाहलमा भएको छलफलमा गृहमन्त्री गुरुङले पीडितका माग र समस्या समाधानका विषयमा संवाद गरिरहेका छन् ।














