काठमाडौं, ३० असार । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालका तराई भूभाग नजिक उत्तरतर्फ रहेकाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा व्यापक बदलीसँगै चट्याङ्गसहित वर्षा हुने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
रातिको समयमा पनि देशका अधिकांश क्षेत्रमा बदली रहने र धेरै स्थानमा चट्याङ्गसहित वर्षा जारी रहने सम्भावना छ ।














