काठमाडौं, २९ असार । सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतको आदेश न्यायाधीश र सैनिक अधिकारीमा मात्रै सीमित रहेको स्पष्ट गर्दै अन्य व्यक्तिको सम्पत्ति छानबिन तथा अनुसन्धान नियमित रूपमा जारी रहने जनाएको छ ।
सोमबार जारी विज्ञप्तिमा आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीको हकमा मात्र जाँचबुझ प्रक्रिया अस्थायी रूपमा स्थगित भएको उल्लेख गरेको छ ।
आयोगले सर्वोच्चको आदेशलाई लिएर सबै व्यक्तिको सम्पत्ति छानबिन रोकिएको भन्ने भ्रम फैलिएको भन्दै त्यसलाई सच्याएको हो ।














