काठमाडौं, २८ असार । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले बालेन शाह नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने दाबी गरेका छन् ।
झापाबाट काठमाडौं आएपछि निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले नियन्त्रणमा लिएर घर पु¥याएपछि उनले घरमै पत्रकार सम्मेलन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
प्रसाईँले वर्तमान नेतृत्व आफू आएको बाटोमै फर्किने दाबी गर्दै सरकारले आफूलाई धरपकड र फसाउने प्रयास गरिरहेको आरोप लगाए ।
उनले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइएको, सामाजिक सञ्जालको एल्गोरिदम दुरुपयोग भइरहेको तथा वर्तमान व्यवस्थाले नागरिकलाई निराश बनाएको आरोप पनि लगाए ।














