जनकपुर, २८ असार । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा देखिएका विवाद समाधान गर्न प्रदेशसभाले सात सदस्यीय कार्यदल गठन गरेको छ ।
प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमत पार्टीले बजेट पुनर्लेखन र छानबिनको माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गरेपछि कार्यदल गठन गरिएको हो ।
सभामुख रामअशिष यादवका अनुसार कार्यदलले आजैदेखि कार्यविधि बनाएर काम सुरु गर्नेछ ।
सरकारले ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट पारित गराउन लचकता अपनाउँदै कार्यदल गठनमा सहमति जनाएको हो ।














