काठमाडौं, २८ असार । सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
प्रदर्शनकारीहरूले सरकारले सुकुमवासीको समस्या समाधानमा बेवास्ता गरेको आरोप लगाउँदै तत्काल उचित व्यवस्थापन गर्न माग गरेका छन्।
साथै, आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई विनाशर्त रिहा गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन् ।














