काठमाडौं, २८ असार । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पु¥याएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विमानस्थलभित्र सार्वजनिक सम्बोधन गर्न नदिई प्रसाईंलाई प्रहरीको भ्यानमार्फत घरसम्म पु¥याइएको हो ।
घर पुगेपछि प्रसाईंले आफूलाई विमानस्थलमा बोल्न नदिई प्रहरीले नियन्त्रणमा लिएर घरमा छाडेको बताएका छन् । प्रसाईं झापाबाट काठमाडौं आएका थिए ।
उनले आत्मदाह गरेका गणेश नेपालीको न्यायको माग गर्दै विमानस्थलमै सम्बोधन गर्ने तयारी गरेका थिए ।














