बझाङ, २७ असार । बझाङको केदारस्युँ गाउँपालिका–७ सुङ्गरीमा शनिबार यात्रुबाहक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार दुर्घटनामा १० जना घाइते भएका छन् । तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर परिचालन गरिएको छ भने प्रहरी टोली पनि घटनास्थलतर्फ गएको छ ।














