काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले बजारमा तरलता व्यवस्थापन गर्न १९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ६० अर्ब रुपैयाँ संकलन गर्न बोलकबोल आह्वान गरेको छ ।
बोलकबोल शुक्रबार दिउँसो ३ बजेसम्म ओबीएसएसमार्फत हुनेछ । उपकरण आजै निष्काशन हुने र साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ।
ब्याजदर बोलकबोलबाट निर्धारण हुने तथा क, ख र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् ।














