काठमाडौं, २६ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका सातै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा केही तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
देशभर बादल लाग्ने, मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले बाढी, पहिरो र डुबानको जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ ।














