काठमाडौं, २५ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक निकाय र राज्यका विभिन्न तहका नियुक्तिमा हुने राजनीतिक भागबण्डाको परम्परा अन्त्य गर्नुपर्ने बताएका छन् ।
ललितपुरको सानेपामा आयोजित संविधान संशोधनसम्बन्धी विचार गोष्ठीमा बोल्दै थापाले कांग्रेसले अब कुनै पनि नियुक्तिमा भागबण्डा नगर्ने र नखोज्ने स्पष्ट पारे ।
उनले संवैधानिक निकायमा नियुक्ति गर्दा राजनीतिक पहुँचभन्दा कार्यक्षमता, पारदर्शिता र निष्पक्षतालाई प्राथमिकता दिनुपर्ने बताए।
साथै संवैधानिक परिषद्को संरचना र नियुक्ति प्रक्रियामा पुनर्विचार आवश्यक रहेको उनको भनाइ छ ।














