काठमान्डौँ, २५ असार । त्रिपुरेश्वरस्थित राहदानी विभागमा आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको र अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टामा गम्भीर जलन भएकाले वीर अस्पतालको आईसीयूमा राखेर उपचार गर्ने तयारी गरिएको छ ।
चिकित्सकका अनुसार संक्रमण, श्वासप्रश्वासमा समस्या तथा अन्य जटिलताको उच्च जोखिम रहेकाले उनको सघन निगरानीमा उपचार भइरहेको छ ।














