काठमाडौं, २५ असार । नेकपा एमालेकी सांसद यसुदाकुमारी बरालले प्रतिनिधिसभामा सुकुमबासीप्रति सरकारको व्यवहारमाथि प्रश्न उठाएकी छन् ।
उनले सुकुमबासी पनि नागरिक भएकाले उनीहरूको बासस्थानको अधिकार सुनिश्चित हुनुपर्ने बताउँदै २५ हजार रुपैयाँ दिएर सडकमा धकेल्नु मानवअधिकार उल्लंघन हो कि होइन भनेर सरकारसँग जवाफ मागिन् ।
साथै, साझा यातायातको रङ परिवर्तनको प्रचारमात्र भएको हो कि देशभर सेवा विस्तार गर्ने योजना पनि रहेको हो भन्ने प्रश्नसमेत गरिन् ।














