काठमाडौं, २४ असार । प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा उपस्थित गराई नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्तिबारे स्पष्टिकरण दिन सभामुख डोलप्रसाद अर्यालसँग रुलिङ गर्न माग गरेका छन् ।
नेकपा -एमाले- नेकपा, राप्रपा, श्रम संस्कृति पार्टीलगायतका सांसदहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्ने र संसदको गरिमा कायम राख्न सभामुखले आवश्यक पहल गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री अनुपस्थित रहने र विपक्षीको विरोध जारी रहने अवस्था उचित नभएको उनीहरूको भनाइ छ ।














