काठमाडौं, २४ असार । प्रधानमन्त्री बालेन शाहले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योगी-व्यवसायीसँग छलफल गर्ने भएका छन् ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका नेतृत्व तथा पदाधिकारी सहभागी हुनेछन् ।
उद्योगी-व्यवसायीले बजेटअघि नै प्रधानमन्त्रीसँग संवादको माग गर्दै आएका थिए ।














