काठमाडौं, २४ असार । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव कायम रहने जनाएको छ ।
अधिकांश क्षेत्रमा बादल लाग्ने तथा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ भने लुम्बिनी र मधेसका केही तराई क्षेत्रमा हुरी चल्न सक्ने सम्भावना पनि रहेको छ ।
काठमाडौँ उपत्यकामा दिउँसोपछि विशेषगरी अपराह्न वा साँझतिर हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।














