KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महासंघको सरकारलाई सात दिने अल्टिमेटम

महासंघको सरकारलाई सात दिने अल्टिमेटम

काठमाडौं, २३ असार । नेपाल पत्रकार महासंघले पत्रकारका माग सम्बोधन गर्न सरकारलाई सात दिनको समयसीमा दिएको छ ।

ललितपुरमा सम्पन्न महासंघको प्रदेश पदाधिकारी तथा शाखा, प्रतिष्ठान र एसोसिएट अध्यक्षहरूको राष्ट्रिय सम्मेलनले जारी गरेको ललितपुर घोषणापत्र–२०८३ मार्फत सरकारले माग सम्बोधन नगरे सिंहदरबार केन्द्रित आन्दोलनसहित अन्तर्राष्ट्रिय मिडिया मिसन अघि बढाउने चेतावनी दिएको हो ।

घोषणापत्र सार्वजनिक गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, नागरिक सर्वोच्चता, लोकतन्त्र, संघीयता र मानवअधिकारको संरक्षणमा महासंघ प्रतिबद्ध रहेको बताए ।

महासंघले पछिल्लो समय सूचना पहुँचमा संकुचन, सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेद, पत्रकारमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत हुने धरपकड, धम्की र असुरक्षाका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

घोषणापत्रमा सरकारी सूचनामा गरिएको विभेद प्रेस स्वतन्त्रता, सूचनाको हक र संघीयताको मर्मविपरीत भएको भन्दै तत्काल सच्याउन माग गरिएको छ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले महासंघसँग छलफल गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै सात दिनभित्र माग सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको छ ।

सम्मेलनले आर्थिक संकटको कारण देखाउँदै श्रमजीवी पत्रकारलाई नियमित पारिश्रमिक नदिने, करकापमा राजीनामा गराउने, अपमानजनक व्यवहार गर्ने तथा निलम्बन गर्ने सञ्चारगृहहरूको प्रवृत्तिको विरोध गरेको छ ।

महासंघले बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र श्रम अधिकारको पूर्ण कार्यान्वयन गर्न सञ्चारगृहलाई आग्रह गरेको छ । महासंघले श्रमजीवी पत्रकार ऐन संशोधन गरी सबै सञ्चारगृहलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न, न्यूनतम पारिश्रमिक वृद्धि गर्न तथा सरकारी सञ्चारमाध्यममा करार, ज्यालादारी र स्ट्रिन्जरका रूपमा कार्यरत पत्रकारलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउन माग गरेको छ ।

महासंघले सञ्चारसम्बन्धी कानुनलाई प्रेसमैत्री, समयसापेक्ष र संघीयताको भावना अनुरूप परिमार्जन गर्न, अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण प्रक्रिया सहज बनाउन र नवीकरण शुल्कमा छुटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

Facebook Comment

Related Posts

जथाभावी पार्किङ रोक्न सिंहदरबारमा ह्विल लक अभियान

जथाभावी पार्किङ रोक्न सिंहदरबारमा ह्विल लक अभियान

प्रतिनिधिसभापछि राष्ट्रिय सभाले पनि पारित ग¥यो विनियोजन विधेयक

प्रतिनिधिसभापछि राष्ट्रिय सभाले पनि पारित ग¥यो विनियोजन विधेयक

तस्करीको विषय उठेपछि सुरक्षा निकायमाथि गृहमन्त्रीको चासो

तस्करीको विषय उठेपछि सुरक्षा निकायमाथि गृहमन्त्रीको चासो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

नेपालको विकास साझेदारी थप सुदृढ बनाउने एडीबीको घोषणा

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बने डा. देवेन्द्र खत्री

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बने डा. देवेन्द्र खत्री

ताजा समाचार

महासंघको सरकारलाई सात दिने अल्टिमेटम

महासंघको सरकारलाई सात दिने अल्टिमेटम

जथाभावी पार्किङ रोक्न सिंहदरबारमा ह्विल लक अभियान

जथाभावी पार्किङ रोक्न सिंहदरबारमा ह्विल लक अभियान

प्रतिनिधिसभापछि राष्ट्रिय सभाले पनि पारित ग¥यो विनियोजन विधेयक

प्रतिनिधिसभापछि राष्ट्रिय सभाले पनि पारित ग¥यो विनियोजन विधेयक

तस्करीको विषय उठेपछि सुरक्षा निकायमाथि गृहमन्त्रीको चासो

तस्करीको विषय उठेपछि सुरक्षा निकायमाथि गृहमन्त्रीको चासो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

नेपालको विकास साझेदारी थप सुदृढ बनाउने एडीबीको घोषणा

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar