काठमाडौं, २३ असार । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही थालेको छ ।
ट्राफिक प्रहरीले मंगलबार सिंहदरबारभित्र अव्यवस्थित रूपमा पार्किङ गरिएका सवारीसाधनमा ह्विल लक लगाएको हो ।
ट्राफिक प्रहरीका अनुसार तोकिएको मापदण्ड विपरीत पार्किङ गर्ने सवारीधनीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिएको छ ।
सिंहदरबार परिसरजस्तो संवेदनशील तथा व्यवस्थित हुनुपर्ने क्षेत्रमा समेत ट्राफिक नियम उल्लंघन गर्दै सवारी पार्किङ हुने गरेको भन्दै यसअघि व्यापक आलोचना हुँदै आएको थियो ।
त्यसपछि ट्राफिक प्रहरीले परिसरभित्रको पार्किङ व्यवस्थापनलाई कडाइ गर्न थालेको हो ।














