जनकपुरधाम, २१ असार । मुआब्जासम्बन्धी विवाद समाधान भएपछि जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत बिजलपुरा–बर्दिबास -१८ किमि) खण्डको निर्माण कार्य पुन तीव्र भएको छ ।
नेपाल रेल्वे कम्पनीका अनुसार निर्माण कम्पनी इरकन इन्टरनेसनलले आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यसहित धनुषा र महोत्तरीमा ट्र्याक निर्माणलाई गति दिएको छ ।
साथै, कम्पनीले विभिन्न स्थानमा अतिक्रमणमा परेको रेल्वेको जग्गा नक्साका आधारमा खोजी गर्ने अभियान पनि सुरु गरेको जनाएको छ । जयनगर–बर्दिबास ७० किमि रेलमार्ग नेपाल–भारतबीचको महत्वपूर्ण सीमापार रेल परियोजना मानिन्छ ।














