काठमाडौं, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ३५ दिनमै सार्वजनिक गरेको छ ।
गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए ।
नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा तथा २९० अन्य परीक्षार्थी रहेका थिए ।
परीक्षा देशभरका १ हजार ४२० तथा जापानस्थित १ गरी कुल १ हजार ४२१ केन्द्रमा सञ्चालन गरिएको थियो । सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा १–१ केन्द्र रहेका थिए ।














