काठमाडौं, ५ असार । अमेरिका र इरानबीच आज -शुक्रबार) स्वीट्जरल्यान्डमा हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौता समारोह अन्तिम समयमा स्थगित भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कुनै पनि उच्चस्तरीय अमेरिकी वा इरानी अधिकारी समारोहमा सहभागी नहुने भएका छन् । कूटनीतिक स्रोतहरूका अनुसार अब प्रक्रिया औपचारिक हस्ताक्षरभन्दा प्राविधिक तहका वार्तातर्फ मोडिएको छ।
बाँकी जटिल विषयमा सहमति जुटाउन आगामी ६० दिनसम्म विभिन्न चरणमा प्राविधिक वार्ता सञ्चालन गरिने बताइएको छ ।
यसबीच, सम्झौता प्रक्रियामा आएको परिवर्तनले पाकिस्तानको भ्रमण तालिकामा पनि असर परेको छ र प्रधानमन्त्री शहबाज शरिफले स्वीट्जरल्यान्ड भ्रमण रद्द गरेका छन् ।














