KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उपचार खर्च जुटाउन छोरीले बेचिन् गरगहना, परिवारको सहयोग याचना

उपचार खर्च जुटाउन छोरीले बेचिन् गरगहना, परिवारको सहयोग याचना

जनकपुर, ४ असार । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-३ निवासी मग्नु दासको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ।

चोरको आरोपमा कुटपिटबाट गम्भीर घाइते भएका दास हाल जनकपुरधामस्थित स्वस्तिक अस्पतालमा उपचाररत छन्। परिवारका अनुसार दास केही वर्षअघि मोटरसाइकल दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेपछि ब्रेन अपरेशन गरिएको थियो। त्यसयता उनको मानसिक अवस्था कमजोर रहँदै आएको छ। विगत ४–५ वर्षदेखि उनी कठिन जीवन बिताइरहेका छन्।

हालै खाना माग्न एक व्यक्तिको घरमा पुगेका बेला उनलाई चोरको आरोप लगाउँदै बासको भाटा लगायतका सामग्रीले निर्घात कुटपिट गरिएको परिवारको आरोप छ। उक्त घटनामा उनको हात, खुट्टा, छाती, पाखुरा, औँला तथा टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। केही हड्डीसमेत भाँचिएको बताइएको छ।

उपचारमा हालसम्म करिब ६ देखि ७ लाख रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ। पीडितकी छोरीले आफ्ना गरगहना बेचेर करिब १ लाख ५० हजार रुपैयाँ अस्पतालमा बुझाइसकेकी छन्। तर अझै ठूलो रकम तिर्न बाँकी रहेको र थप उपचारका लागि बाहिर लैजानुपर्ने अवस्था रहेको बताइएको छ।

परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको छ। दासकी श्रीमती अरूको घरमा भाडा–बर्तन माझेर जीविकोपार्जन गर्दै आएकी छन्। परिवारले यसअघि एक छोरासमेत गुमाइसकेको पीडा बोकेको छ। हाल बिरामी श्रीमान्, वृद्ध पत्नी र छोरीबाहेक परिवारलाई सहारा दिने कोही छैन।

उपचार खर्च जुटाउन समस्या भएपछि परिवारले सम्पूर्ण मानवताप्रेमी दाजुभाइ तथा दिदीबहिनीसँग आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेको छ। परिवारले सानो सहयोगले पनि बिरामीको उपचार र जीवन बचाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

Facebook Comment

Related Posts

मधेशबाट पनि प्रतिनिधित्व सुनिश्चित गर्दै रास्वपाको नयाँ व्यवस्था

मधेशबाट पनि प्रतिनिधित्व सुनिश्चित गर्दै रास्वपाको नयाँ व्यवस्था

सीमा विवादको विषयमा सरकार संवेदनशील रहेको सभामुखको भनाइ

खर्च कटौती प्रस्तावमाथि निर्णय गर्दै प्रतिनिधिसभा

शान्ति सम्झौतापछि पनि ट्रम्पको चेतावनी : उल्लंघन भए बमबारी हुन्छ

शान्ति सम्झौतापछि पनि ट्रम्पको चेतावनी : उल्लंघन भए बमबारी हुन्छ

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar