काठमाडौं, ४ असार । अमेरिका र इरानले युद्ध अन्त्यका लागि अन्तरिम शान्ति सम्झौताको पाठ सार्वजनिक गरेका छन् ।
दुवै देशका राष्ट्रपतिले डिजिटल हस्ताक्षर गरिसकेको उक्त सम्झौतामा तत्काल युद्ध अन्त्य, हर्मुज जलडमरूमध्य खुला गर्ने, इरानमाथिका अमेरिकी प्रतिबन्ध फुकुवा गर्ने, रोक्का सम्पत्ति खुला गर्ने र इरानले परमाणु हतियार नबनाउने प्रतिबद्धता दोहो¥याउनेलगायतका व्यवस्था छन् ।
सम्झौताले यसअघि भएको युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याएको छ। औपचारिक हस्ताक्षर शुक्रबार स्वीट्जरल्यान्डमा हुने बताइएको छ ।
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता उल्लंघन गरे पुनः आक्रमण गर्ने चेतावनी दिएका छन्। यसबीच सम्झौतापछि हर्मुज जलडमरूमध्य खुल्ने अपेक्षासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ ।














