काठमाडौँ, ३ असार । प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गर्दै विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन् ।
बुधबारको बैठकमा नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्री तथा मन्त्रीहरूबाट गैरजिम्मेवार अभिव्यक्ति आउने क्रम बढेको आरोप लगाए। उनले सरकारले कानुन कार्यान्वयनमा कमजोरी देखाएको तथा दण्डहीनतालाई प्रश्रय दिएको बताए ।
त्यस्तै, श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूलाई खाना र पानीको अभाव भएको भन्दै बजेटमार्फत पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरे ।














