काठमाडौं, ३ असार । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङको तुलसीपुर–२ का २४ वर्षीय रमेश ठाडा मगर पक्राउ परेका छन् ।
प्रहरीले उनलाई घरबाटै विभिन्न प्रकारका लागुऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनापछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।














