काठमाडौं, २ असार । विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई राहदानी छपाइ सम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि चार दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो ।
अख्तियारले २० दिन थुनामा राख्न अनुमति मागेको भए पनि अदालतले सोमबारदेखि लागू हुने गरी चार दिनको म्याद दिएको जनाएको छ ।














