KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

जनकपुर, २८ जेष्ठ । नेपाली सेनाले धनुषाको कमला नगरपालिका–३ स्थित लग्मा बजारमा आरामस्थल -प्रतिक्षालय- तथा शुद्ध खानेपानी स्थल निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरेको छ ।

ग्रामीण क्षेत्रका स्थानीयवासी, हाटबजारमा आउने सर्वसाधारण तथा धार्मिक पर्यटकहरूको सुविधालाई लक्षित गर्दै निर्माण गरिएको उक्त आयोजना बिहीबार एक विशेष समारोहबीच कमला नगरपालिका र स्थानीय बजार व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

धनुषाको महेन्द्रनगरस्थित श्री विष्णु दल गणले सेनाको शीघ्र प्रभावी आयोजना अन्तर्गत करिब १० लाख रुपैयाँभन्दा बढी लागतमा लग्मा बजारस्थित प्रसिद्ध रिद्धिसिद्धि देवी माता मन्दिर परिसरमा आरामस्थल तथा शुद्ध खानेपानीको व्यवस्था गरेको हो ।

उक्त आयोजना नेपाली सेनाको मध्यपूर्वी पृतना बर्दिबासका पृतनापति भुवन खत्रीले एक समारोहका बीच हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पृतनापति खत्रीले नेपाली सेना राष्ट्रको सुरक्षा मात्र नभई जनताको आवश्यकता र हितलाई केन्द्रमा राखेर विभिन्न जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँले मातृभूमि नेपाल र नेपाली जनताको सेवामा सेना सदैव समर्पित रहेको उल्लेख गर्नुभयो । आयोजना ग्रहण गर्दै कमला नगरपालिकाका मेयर विश्वेश्वर यादवले ग्रामीण क्षेत्रमा स्थानीय सरकारले गर्नुपर्ने महत्त्वपूर्ण पूर्वाधार निर्माणको काम नेपाली सेनाले सम्पन्न गरेकोमा खुसी व्यक्त गर्नुभयो।

उहाँले यस आयोजनाले बजार क्षेत्र, मन्दिर दर्शनार्थी तथा स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । आरामस्थल र शुद्ध खानेपानी आयोजनाको उद्घाटनसँगै स्थानीयवासीहरू उत्साहित भएका छन् ।

विशेषगरी गर्मी तथा वर्षायाममा बजार र मन्दिर क्षेत्रमा आउने सर्वसाधारणलाई विश्राम तथा सुरक्षित खानेपानीको सुविधा उपलब्ध हुने भएको छ । कार्यक्रमको अवसरमा वृक्षारोपण कार्यक्रम समेत आयोजना गरिएको थियो ।

समारोहमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, विष्णुदल गणका गणपति खिलेन्द्रराज अमगाई, नेपाली सेनाका विभिन्न गणका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, बजार व्यवस्थापन समिति तथा भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्थानीयवासीहरूले नेपाली सेनाको यस पहलले ग्रामीण क्षेत्रमा आधारभूत सुविधा विस्तार गर्न सहयोग पुगेको भन्दै आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

Facebook Comment

Related Posts

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

पर्यटन क्षेत्रका नीतिगत सुधारमा सरकार सकारात्मक : प्रधानमन्त्री

प्रधानमन्त्रीको निर्णयपछि शिक्षा समता शुल्क रोकियो

श्रम बजार सुधारका लागि अनलाइन प्लेटफर्म ल्याइँदै : श्रममन्त्री

श्रम बजार सुधारका लागि अनलाइन प्लेटफर्म ल्याइँदै : श्रममन्त्री

जनकपुरमा साम्पाङ विवाद चर्कियो, फेसबुकबाट दिए यस्तो प्रतिक्रिया

जनकपुरमा साम्पाङ विवाद चर्कियो, फेसबुकबाट दिए यस्तो प्रतिक्रिया

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

कीर्तिपुरमा कारभित्रै जलेर एक जनाको मृत्यु, कारण खुल्न बाँकी

कीर्तिपुरमा कारभित्रै जलेर एक जनाको मृत्यु, कारण खुल्न बाँकी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar