काठमाडौं, २७ जेष्ठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै मदन भण्डारी को मृत्यु, सुशील कोइराला को निधन, निर्मला पन्त प्रकरण तथा टीकापुर घटनासम्बन्धी लाल आयोगको प्रतिवेदनबारे निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाएको स्वागत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा अनुसन्धान हुनुपर्ने बताए ।
साथै सहकारी ठगी प्रकरणको निष्पक्ष छानबिन, पीडितलाई रकम फिर्ता र जीबी राई लाई नेपाल ल्याएर वास्तविकता सार्वजनिक गर्नुपर्ने माग पनि गरे । उनले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति समेत आपत्ति जनाएका छन् ।














