काठमाडौं, २७ जेष्ठ । नेकपा -एमाले- का संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरणप्रति असहमति जनाएका छन् ।
प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री स्वयं संसद्को रोस्ट्रममा उपस्थित भएर जवाफ दिनुपर्ने बताएका छन् । थापाले प्रधानमन्त्रीले संसद्को उपेक्षा गरेको आरोप लगाउँदै संसद्को गतिरोध अन्त्यका लागि तीन शर्त अघि सारेका छन् ।
उनका अनुसार प्रधानमन्त्रीले आफ्नो गल्ती सच्याउनुपर्ने, सभामुखले विवादित अभिव्यक्तिबारे रुलिङ गर्नुपर्ने तथा रास्वपाका सभापतिले आफ्ना सांसदलाई गल्ती स्वीकार्न निर्देशन दिनुपर्नेछ। यी माग पूरा नभएसम्म एमालेको संघर्ष जारी रहने उनले बताए ।














