काठमाडौं, २७ जेठ । प्रतिनिधिसभाको बुधबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्ने समय नदिएको भन्दै संसद्को वेल घेराउ गर्दै नाराबाजी गरेका छन् ।
सभामुख डोलप्रसाद अर्यालले बोल्ने सूचीमा नाम नभएको कारण समय नदिएपछि सांसदहरूले विरोध जनाएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह को सीमा सम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले धारणा राखेपछि अन्य दलका नेताहरूले पनि आफ्नो मत व्यक्त गरेका थिए ।
श्रम संस्कृति पार्टीको विरोधका बीच सभामुखले बैठक सञ्चालन जारी राखेका छन् ।














