काठमाडौं, १९ जेठ । भारतले नेपाल–भारत सीमा सम्बन्धी विषयमा कुनै तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट गरेको छ ।
भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले नेपाल र भारतबीचका सीमा सम्बन्धी मुद्दा समाधानका लागि द्विपक्षीय संयन्त्रहरू नै पर्याप्त रहेको बताए ।
उनले सीमा विवाद समाधानमा तेस्रो पक्षको संलग्नता नहुने स्पष्ट पारे । उनका अनुसार नेपाल–भारत सीमाको करिब ९८ प्रतिशत भाग सीमाङ्कन भइसकेको छ भने बाँकी विवादित क्षेत्रहरूको नक्साङ्कन दुवै देशले संयुक्त रूपमा गरिरहेका छन् ।
गण्डक नदीको बहाव परिवर्तन र केही स्थानमा भएको अतिक्रमणका कारण केही सीमा खण्ड अझै समाधान हुन बाँकी रहेको उनले बताए । यो प्रतिक्रिया प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सीमा विवाद समाधानका सन्दर्भमा बेलायतसँग पनि संवाद आवश्यक हुन सक्ने टिप्पणी गरेपछि आएको हो । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर नेपालमा राजनीतिक बहस र विरोधसमेत भइरहेको छ ।














