काठमाडौं, १३ जेष्ठ । आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ नोक्सानीमा तथा २ बन्द अवस्थामा रहेका आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुधबार संसद्मा पेश गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार अघिल्लो वर्ष २८ संस्थान नाफामा र १५ नोक्सानीमा थिए ।
सर्वेक्षणअनुसार २०८२ असारसम्म सार्वजनिक संस्थानमा सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड पुगेको छ, जसमा ३ खर्ब ७० अर्ब २५ करोड सेयर र ४ खर्ब २८ अर्ब ३१ करोड ऋण लगानी रहेको छ ।














