काठमाडौं, १३ जेष्ठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा फेरि प्रधानमन्त्रीको उपस्थिति माग गरेका छन् ।
बैठक सुरु हुनासाथ पर्चा देखाउँदै उठेका उनले सभामुख डिपि आर्याल समक्ष नियमावलीअनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्न आग्रह गरे ।
साम्पाङले प्रधानमन्त्रीलाई उपस्थित गराउन नसके नियमावलीको धारा ३१-१ प्रयोग गरी आफूलाई बैठकबाट निष्कासन गर्न समेत माग गरे । उनले प्रधानमन्त्रीलाई सदनमा बोलाउनुपर्ने वा आफूलाई बाहिर जान निर्देशन दिनुपर्ने बताएका छन् ।














