काठमाडौं, १३ जेष्ठ । काठमाडौंमा आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि तय गरिएको छ ।
बैठकमा राष्ट्रियसभाबाट आएको अभौतिक सांस्कृतिक सम्पदा -संरक्षण) विधेयक, २०८१ टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ । साथै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आगामी जेठ १५ गते बजेट सार्वजनिक हुनुअघि सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागेको हो ।














