काठमाडौं, १२ जेष्ठ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकको जीवनस्तर सुधार, सुशासन र समावेशी आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा युरोपेली संघ तथा विभिन्न मुलुकका राजदूतहरूसँगको भेटमा उनले नयाँ सरकार बने पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पारे ।
प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य, राजनीतिक स्थिरता र सन्तुलित विदेश नीतिप्रति सरकार दृढ रहेको उल्लेख गर्दै लगानी, नवप्रवर्तन, हरित ऊर्जा, पर्यटन र दिगो विकासमा अन्तर्राष्ट्रिय सहकार्य बढाउने प्रतिबद्धता जनाए ।
साथै, विश्वमा बढ्दो द्वन्द्व अन्त्यका लागि संवाद र कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।














