किाठमाडौं, १२ जेठ । प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरोध जारी राखेका छन् ।
विपक्षीहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदनको कार्यवाही अघि बढ्न नदिने स्पष्ट अडान लिएको हो । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले पनि विपक्षीहरूको माग उचित रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताउनुभयो । सभामुख अर्यालले प्रधानमन्त्री चाँडै संसद्मा उपस्थित हुने विश्वास व्यक्त गर्दै जनताका चासोका विषयमा सरकार स्पष्ट हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले संसद् जनताको आवाज बोल्ने थलो भएकाले सांसदहरूले उठाएका विषयमा सरकार जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।














