काठमाडौं, १२ जेष्ठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पर्सा अदालतको आदेशपछि रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार अदालतले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
प्रहरीले प्रसाईंविरुद्ध साइबर कसुर तथा राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।














