काठमाडौं, १२ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले सरकारले किसानका लागि पर्याप्त रासायनिक मलको व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले रोपाइँको समय नजिकिएकाले तत्काल मल उपलब्ध गराउन सरकारसँग आग्रह गरेका हुन् ।
सिंहले उखु किसानले अझै भुक्तानी नपाएको उल्लेख गर्दै चिनी मिल र सरकार दुवैले किसानको बक्यौता रकम चाँडो उपलब्ध गराउनुपर्ने बताएका छन् ।














