काठमाडौं, १२ जेष्ठ । काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुको बरइपुरमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।
तौलिहवा–बहादुरगंज हुलाकी सडकखण्डमा आज बिहान सवा ३ बजे कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको मध्यम र १७ जनाको अवस्था सामान्य रहेको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिएका छन् । सबै घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।














