काठमाडौं, ११ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ ।
प्रहरीका अनुसार प्रसाईंलाई सार्वजनिक नैतिकता, शिष्टाचार विपरीत तथा विभिन्न समुदायबीच घृणा फैलाउने अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।
बयान नसकिएकाले उनलाई थप बयानका लागि मंगलबार पुनः अदालतमा उपस्थित गराइने भएको छ भने हाल उनलाई हिरासतमा राखिएको छ । प्रसाईंलाई ४ जेठमा वीरगञ्जको होटल दियालोबाट पक्राउ गरिएको थियो ।














