काठमाडौं, ११ जेष्ठ । सरकारले सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
उनका अनुसार सहकारीमा भएको अनियमिततासम्बन्धी आयोग–२०८२ को प्रतिवेदन सार्वजनिक गरिनेछ ।














