जनकपुर, ११ जेष्ठ। मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिस पटेलले प्रदेशमा सरकारलाई सबैभन्दा बढी कर तिर्ने व्यापारीलाई राशिसहित सम्मान गरिने बताएका छन्।
जनकपुरमा आयोजित ‘व्यापारी र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पटेलले कर तिर्ने व्यवसायीलाई प्रोत्साहन गर्न यस्तो योजना ल्याइएको जानकारी दिए। उनले इमान्दार करदातालाई सम्मान गर्दा व्यवसायिक वातावरण थप सुदृढ हुने विश्वास व्यक्त गरे।
मन्त्री पटेलले व्यापारीहरूको अधिकार संरक्षणसँगै राज्यप्रतिको दायित्व पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै पारदर्शी कर प्रणालीमार्फत आर्थिक गतिविधि बढाउन सरकार प्रतिबद्ध रहेको बताए।














