एजेन्सी । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्तमा सैनिक र उनीहरूका परिवार बोकेको रेलमा आइतबार शक्तिशाली विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
क्वेटानजिकै भएको विस्फोटमा रेलका डिब्बा पल्टिएका र क्षतिग्रस्त भएका छन् । अधिकारीहरूका अनुसार क्वेटाबाट पेसावरतर्फ जाँदै गरेको रेललाई विस्फोटक पदार्थ बोकेको सवारीसाधनले ठक्कर दिँदा ठूलो विस्फोट भएको हो ।
रेलमा सवार सैनिकहरू इद बिदा मनाउन परिवारसहित घर फर्किंदै थिए । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने उद्धारकार्य जारी रहेको छ ।
लामो समयदेखि पृथकतावादी गतिविधिका कारण बलुचिस्तान क्षेत्र सुरक्षा चुनौतीको केन्द्र बन्दै आएको छ ।














