काठमाडौं, ,१० जेष्ठ । बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले आइतबार बिहान पशुपति मन्दिरको दर्शन गरेकी छन्।
तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार नेपाल आएकी उनले विभिन्न मन्त्रीहरूसँग भेटघाट गर्नुका साथै लुम्बिनी र कपिलवस्तुको पनि भ्रमण गरेकी छन् ।














